राजनीति

संसद्को हिउँदे अधिवेशन : तीन सांसद् १० भन्दा बढी बैठकमा अनुपस्थित 

By खबरहब

April 14, 2024

काठमाडौं– संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त संसद् अधिवेशन अन्त्य सम्बन्धी पत्र पढेर सुनाएका थिए ।

२०८० साल माघ २२ गते सोमबार प्रारम्भ भई वैशाख २ गते आइतबारसम्म जम्मा ७० दिन चालु भएको अधिवेशनमा २३ पटक बैठक बसेको थियो ।

जसमा तीन जना संसदहरु १४ वटा भन्दा कम बैठकमा अनुपस्थित भएका छन् । संसद् वसन्तकुमार नेम्बाङ १२ वटा बैठकमा अनुपस्थित भएका छन् ।

उनी ब्रेन स्ट्रोक भइ उपचारमा रहेको बताइएको छ । यस्तै मनोरमा शेरचन प्रतिनिधि सभाको १३ वटा बैठकमा अनुपस्थित भएकी छन् । उनी थेरापीका कारण उपचारमा छन् ।

यस्तै सबैभन्दा कम बैठकमा उपस्थित हुनेमा सोनु मुर्मु रहेकी छन् । उनी १० वटा मात्र बैठकमा उपस्थित भएकी छन् । उनी आमा र श्रीमानको उपचारका लागि भारत गएको बताइएको छ ।