राजनीति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपा रेशम पक्षका लक्ष्मणकिशोरकाे दाबी पेश

By खबरहब

April 14, 2024

काठमाडौं–नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्

उनले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

उनी रेशम चौधरी पक्षका नेता हुन् । पछिल्लो समय नाउपामा रेशम र रन्जितापक्षबीच विवाद छ ।

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले चौधरी पक्षका नेताहरूलाई भटाभट कारबाई गरिरहेकी छन् । सुदूरपश्चिम प्रदेशमा नाउपाका ५ जना सांसद छन् ।