राजनीति

कोशीमा एमालेलाई सरकार बनाउने बाटो खोलिदिनुपर्छ : उपमहासचिव ज्ञवाली

By खबरहब

April 14, 2024

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशीमा एमालेलाई सरकार बनाउने बाटो खोल्नुपर्ने बताएका छन् ।

नेकपा एमालेका सुदूरपश्चिममा केन्द्रको गठबन्धनअनुसार नै सरकार बन्ने भन्दै उनले कोशीमा एमालेलाई सरकार गठन गर्न दिनुपर्ने बताए ।

एमाले सचिवालय बैठकपछि कोशीको सन्दर्भमा पत्रकारको जिज्ञासामा ज्ञवालीले मुख्यमन्त्रीले बहुमत गुमाइसकेकाले नयाँ सरकार बनाउने बाटो खोलिदिनुपर्ने तर्क गरे ।

नापाभित्रको केही केही समस्याले अन्योलजस्तो देखिए पनि सोही गठबन्धनमा भएको सहमतिअनुसार मुख्यमन्त्री नियुक्त हुने उनको भनाइ छ ।

ज्ञवालीले भने, ‘पाउनाभित्र केही केही समस्या देखियो त्यसको प्रतिबिम्ब हो । केही कानुनी जिज्ञासा खडा भएका छन् । सोहीअनुसार नै प्रदेश सरकार बन्छ । नेकपा एसले पनि केन्द्रले तल निर्देशन दिइसकेको छ । केन्द्रको गठबन्धन अनुसार नै सरकार बन्छ ।’