सांकेतिक तस्बिर

देश/प्रदेश

गोरखा, दाङ, काठमाडौं र ललितपुरमा एकैदिन पाँचजना मृत भेटिए

By खबरहब

April 14, 2024

काठमाडौं – शनिबार नयाँ वर्षका दिन काठमाडौं, ललितपुर, गोरखा र दाङमा ५ व्यक्ति मृत अवस्थामा फेला फरेका छन् ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार गोरखाको गण्डकी गाउँपालिकास्थित बुट्टारमा पर्ने त्रिशुली नदीको बगरमा शनिबार अञ्दाजी ५० वर्षका पुरुष शनिबार मृत फेला परेका छन् ।

त्यस्तै, शनिबार नै प्रहरीले काठमाडौंको माछापोखरीस्थित सडक पेटीमा ठेगाना नखुलेकी अञ्दाजी ४५ वर्षकी महिलाको शव फेला पारेको छ ।शनिबार नै ललितपुरको दक्षिणकाली मन्दिरमा शनिबार धरान महादेवचोक निवासी ४५ वर्षका कुमार लामाको शव फेला परेको छ ।

दाङको गढवा– ३ गोबरडिया निवासी ७० वर्षका बिरजुप्रसाद चौधरी गढवाकै बाघडोलस्थित सडकमा मृत भेटिएका छन् । शनिबार नै लमहीमा सोनपुर निवासी ४१ वर्षीय फुलीराम चौधरी पनि मृत फेला परेका छन् ।

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।