राजनीति

बालुवाटारमा कांग्रेस नेताहरुसँग प्रधानमन्त्रीको छलफल जारी

By खबरहब

May 14, 2024

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरिरहेका छन् ।

संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री दाहालले कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखकलाई बालुवाटारमा बोलाएर छलफल सुरु गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामछिानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै केही समयदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

सरकारले आज संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । तर कांग्रेसले छानबिन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान यथावत राखेपछि त्यसको समाधानका लागि प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग छलफल थालेका हुन् ।

प्रधानमन्त्री दाहालले आइतबार पनि कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । उक्त बैठक सकारात्मक रहेको कांग्रेसले जनाएको थियो । तर समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा कुनै टुंगो लागेको छैन ।