अन्तर्राष्ट्रिय

कश्मिरको लागि ६ दशमलव ८ करोड डलरको राहत घोषणा

By खबरहब

May 14, 2024

पाकिस्तान – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तान प्रशासित कश्मीरको लागि ६ दशमलव ८ करोड डलरको राहत प्याकेज घोषणा गरेका छन्।

आटा र विजुलीको भाउ बढेको विरोधमा ५ दिनदेखि पाकिस्तान प्रशासित कश्मिरका नागरिक आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्री शरीफले राहत प्याकेज घोषणा गरेका हुन्।

यसबीचमा पाकिस्तान प्रशासित कश्मिरको केही इलाकामा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ। यही प्रदर्शनको क्रममा गोली लागेर एक प्रहरीको मृत्युसमेत भइसकेको छ। उक्त घटनामा ९० जना घाइते भएका छन्।

प्रदर्शनका कारण सोमबार पाकिस्तान प्रशासित बश्मिरका शैक्षिक संस्था र सरकारी कार्यालय बन्द भएका थिए।

नागरिक समूहको एउटा गठबन्धनले सरकारसँग विजुली र खाद्यान्नमा अनुदान माग गरेका छन्।