राजनीति

कांग्रेसले गृहमन्त्रीलाई कम्तीमा एक पटक संसद्‍मा बोल्न दिनुपर्छ : सन्तोष परियार

By खबरहब

May 14, 2024

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेसले एक पटक मात्रै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा बोल्न दिनुपर्ने माग गरेका छन् ।

परियारले मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा विभिन्न दलका प्रमुख सचेतकहरूसँगको छलफलमा पनि यस्तो बताएका हुन् ।

परियारले लामिछानेलाई मंगलबारको बैठकमा बोल्न दिनुपर्ने अडान राखे । ‘धन्यवाद! प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन । कांग्रेसले  संसद्को अवरोधको निर्णयमा पुनर्विचार गर्नु आवश्यक छ । गृहमन्त्रीलाई कम्तीमा एक पटक संसद्‍मा बोल्न दिनुहोस् ।’