फोटो फिचर

राष्ट्रपति संसद्‍ जाँदा यस्तो देखियो काठमाडौंको सडक (तस्बिरहरू)

By खबरहब

May 14, 2024

काठमाडौं- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

उनलाई शीतल निवासबाट संसद् भवन नयाँबानेश्वरसम्म पुर्‍याउन नेपाली सेनाले विशेष सुरक्षा व्यवस्था गरेको थियो ।

विशेष कारगेटसहित पौडेललाई शीतल निवासबाट नयाँबानेश्वर पुर्‍याइएको हो । त्यक्रममा सर्वसाधारण र सार्वजनिक सवारी प्रभावित भएका थिए ।

राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ ।