आर्थिक

शेयर बजारले पार गर्‍यो मनोवैज्ञानिक विन्दु, २८.६२ अंकको वृद्धि

By खबरहब

May 14, 2024

काठमाडौं – नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले मनोवैज्ञानिक भनिएको २००० विन्दु पार गरेको छ । यस साता लगातार ३ दिनसम्म बढेको बजारले यस्तो रेखा पार गरेको हो ।

मंलबार एकै दिन नेप्से २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा कायम भएको छ । आइतबार ८.२६ अंकले, सोमबार २४.३९ अंकले र आज १.४३ प्रतिशतले नेप्से बढेको हो ।

आज ४ अर्ब ८ करोड ८८ लाख ५२ हजार रुपैयाँ बराबरको ९८ लाख ५५ हजार २८५ कित्ता शेयर ५९ हजार ८५६ पटक किनबेच भएको छ । मंगलबार ३२० कम्पनीको शेयर करोबार हुँदा २१९ कम्पनीको शेयर मूल्य बढ्दा २२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

मंगलबार सेन्सेटिभ इन्डेक्स ३.६० अंकले, फ्लोट इन्डेक्स १.९० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२१ अंकले बढेको छ ।

आज १३ वटा उपसमूहमध्ये सबै समुहको शेयर बढेको छ । आज ७ कम्पनीको शेयर १० प्रतिशतले बढेर मा सकारात्मक सर्किक लागेको छ ।