फाइल फोटो

समाचार

‍कृषिमा लगानी दशक घोषणा गरिने 

By खबरहब

May 14, 2024

काठमाडौं– सरकारले आउँदो आर्थिक वर्ष कृषिमा लगानी दशक घोषणा गर्ने बताएको छ । 

मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषिमा लगानी दशक घोषणा गरिने बताए । 

उनले सिँचाइ हुने ठाउँमा भूमिगत सिँचाइ योजना ल्याउने किसान र कृषिलाई फोकस गर्ने बताए । 

किसान प्रमाणपत्र समेत वितरण गर्ने योजना भएको बताए ।

उनले भने, ‘कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ । आर्थिक वर्ष ०८१र०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ ।’