समाचार

अब मालपोत र नापी सेवा स्थानीय तहबाटै  

By खबरहब

May 14, 2024

काठमाडौं– सरकारले मालपोत र नापीसम्बन्धी सेवा स्थानीय तहबाट नै गर्ने कार्यक्रम बनाएको छ । 

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले मालपोत तथा नापीसम्बन्धी सेवा अब स्थानीय तहबाटै गर्ने बताए । 

उनले घरजग्गा कारोबार पनि व्यवस्थित गरिने बताए । यस्तै राष्ट्रपति चुरे कार्यक्रम म पनि प्रभावकारी बनाउने बताए । 

मालपोत र नापी सेवा सदरमुकामबाट मात्रै उपलब्ध हुने गरेको थियो ।