आर्थिक

२०८२ असारसम्म प्रणालीमा ४,५०० मेगावाट विद्युत जडान लक्ष्य

By खबरहब

May 14, 2024

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ सम्म राष्ट्रिय प्रणालीको कूल विद्युत जडित क्षमता ४,५०० मेगावाट पुर्‍याउने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दै आगामी आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीको कूल विद्युत जडित क्षमता ४ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ४५० किलोवाट घण्टा पुर्‍याइने सरकारको लक्ष्य सार्वजनिक गरेका हुन्‌ ।

जलस्रोतको समग्र विकास र उपयोगका लागि राष्ट्रिय ऊर्जा नीति र जल तथा मौसम विज्ञान नीतिका साथै जलस्रोत ऊर्जा दक्षता तथा नविकरणीय ऊर्जा, सिँचाइ नदी तथा जलउत्पन्न विपद्‌ व्यवस्थापनसम्बन्धी कानून कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नदी बेसिन गुरुयोजनाअनुसार जलस्रोतको समुचित संरक्षण, सम्वर्द्धन तथा अधिकतम उपयोग गरिने र सौर्य ऊर्जाको समेत विद्युत खरिद सम्झौता गरी ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयनमा ल्याइने सरकारले जनाएको छ ।