सांकेतिक तस्बिर

समाचार

मोरङमा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली प्रहार

By खबरहब

May 14, 2024

विराटनगर– मोरङमा प्रहरीले गोली हानेर एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।  

जिल्ला प्रहरीका कार्यालय मोरङ प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार मोरङ रतुवामाई नगरपालिका ६ स्थित कादुपाढामा आज अपरान्ह प्रहरीले गोली हानी लागूऔषध कारोबारीलाई पक्राउ  गरेको हो । 

भारतीय नम्बर प्लेटको सुपर स्प्पेलन्डरमा लागूऔषध लिएर नेपाल प्रवेश गरेको सूचनाको आधारमा प्रहरीले रोक्ने क्रममा पेलेर अगाडि बढ्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । 

लागूऔषध कारोबारी भारतको बिहार, किसनगञ्ज–८ बस्ने भारतीय नागरिक भागिरथ हरिजन घाइते भएका छन् ।उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको गोली उनको तिघ्रामा लागेको छ ।हाल उनको उर्लाबारीस्थित स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय नागरिक  हरिजनको साथबाट प्रहरीले १ सय ५८ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।