समाचार

सन्दीपको मुद्दामा बहस सकियो, आजै फैसला आउन सक्ने 

By खबरहब

May 14, 2024

काठमाडौं– बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ। 

मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपले दायर गरेको पुनरावेदनमा सबै पक्षको बहस सकिएको हो ।

बहस सकिएसंगै आजै फैसला आउने वकिलहरूले बताएका छन्। सुरुमा सन्दीपका वकिलले बहस गरेका थिए।