राजनीति

राष्ट्रिय सभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

By खबरहब

May 14, 2024

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको बैठकलाई नेपाली कांग्रेसले अवरोध गरेको हो ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरेपछि धन्यवाद दिने प्रस्ताव पारित गर्न बसेको बैठक कांग्रेसले अवरुद्ध गरेको छ ।

कांग्रेसले राष्ट्रिय सभामा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म संसद्को कुनै कारवाही अगाडि बढ्न नसक्ने जानकारी गराएको थियो ।

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको अर्को बैठक जेठ ३ गते बस्ने गरि स्थगित भएको