राजनीति

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

By खबरहब

May 14, 2024

काठमाडौं– संघीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु हुन नपाउँदै स्थगित भएको छ ।

बैठक सुरु हुनसाथ कांग्रेसले अवरोध गरेपछि  बैठक स्थगित गरिएको हो ।

प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रतिनिधि सभामा अवरोध कायमै रहेपछि सभामुखले प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन् । 

अर्को बैठक ३ गते बिहान ११ बजे बस्ने भएको छ । 

यता सभामुखले १ पटक गृहमन्त्रीले बोल्न समय मागेका छन् । उनलाई समय दिनुपर्ने भन्दा पनि कांग्रेसले अवरोध कायम राखेपछि सभामुखले बैठक समापन गरे । 

कांग्रेस संसदीय छानबिन  समिति नबनेसम्म ब्याग नहुने बताइरहेको छ । बजेट अधिवेशनको दोस्रो दिन पनि कांग्रेसले बैठकमा अवरोध कायम गरेको हो । 

तर दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भने नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको थियो । कांग्रेसले अवरोध गरेपछि राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको धन्यवाद पत्र पनि सभामुखले पढ्न पाएनन् ।