मनोरञ्जन

पुजार सार्कीको तेस्रो गीत ‘जाउ माया’ सार्वजनिक

By खबरहब

May 14, 2024

काठमाडौं– जेठ १० बाट प्रदर्शनमा आउने ‘मल्टिस्टारर’ फिल्म पुजार सार्कीको तेस्रो गीत ‘जाउ माया’ सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार गीत सार्वजनिक गरेको हो । 

गीतका दृश्यहरूमा पुजारको भूमिकामा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ । मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बूको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ । 

गीतका दृश्यबाट अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्याहरूलाई प्रस्ट पार्न खोजिएको छ।

यस गीतमा बी पाण्डेले शब्द रहेको छ भने केतन क्षेत्रीको स्वर रहेको छ । गीतमा फिल्मका निर्माता तथा संगीतकार सुवास भुसालको संगीत भरेका हुन् ।

दिनेश राउतको निर्देशन रहेको यस फिल्म विकास सुबेदीले लेखेका हुन् । उनीहरूले यसअघि फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए ।