समाचार

ताप्लेजुङमा बाढीको क्षतिबारे संसद्‍बाट योगेशले गराए सरकारको ध्यानाकर्षण

By खबरहब

June 14, 2024

काठमाडौं- नेकपा एमालेका सांसद योगेश भट्टराईले अविरल वर्षाका कारण पहिरोले ताप्लेजुङमा धनजनको क्षति भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा भट्टराईले ताप्लेजुङका बिभिन्न स्थानका साथै गएराति पहिरोले फक्ताङलुङ गाउँपालिकामा चार जनाको मृत्यु भएको र केही घाइते भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले हिमाली र पहाडी क्षेत्रको जोखिम न्यूनीकरण गर्न एकीकृत वस्ती विस्तारतर्फ जानुपर्नेमा पनि जोड दिएका छन् ।

बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका बिषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् ।