फाइल फोटो

आर्थिक

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

June 14, 2024

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ४०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ४१ हजार २०० रुपैयाँ र  तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि बिहीबार सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।