प्रतिकात्मक तस्वीर

आर्थिक

असारमा ११ वाणिज्य बैंकले घटाए ब्याजदर, ६ बैंकको स्थिर

By खबरहब

June 14, 2024

काठमाडौं– आगामी असार महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । हाल सञ्चालनमा रहेका २० वटामध्ये ११ वटा बैंकले जेठको तुलनामा असार महिनामा ब्याजदर घटाएका हुन् ।

त्यस्तै, ३ बैंकहरूले भने ब्याजदर बढाएका हुन् । अन्य ६ वटा वाणिज्य बैंकहरूले भने ब्याजदर स्थिर नै राखेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार, जेठ महिनामा एभरेष्ट बैंकले ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेकोमा असारमा ब्याजदर घटाएर ५.७५ प्रतिशतमा झारेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ६.४ प्रतिशतबाट ६.२ प्रतिशत, एसबीआई बैंकले ६.३९ प्रतिशतबाट ६.३० प्रतिशत, लक्ष्मी सनराइजले ७ प्रतिशतबाट ६.५ प्रतिशत, ग्लोबल आइएमईले ७.५ प्रतिशतबाट ६.५ प्रतिशत, कुमारी बैंकले ७.२६ प्रतिशतबाट ६.५६ प्रतिशत, प्राइम कमर्शियल बैंकले ७ प्रतिशतबाट ६.७५ प्रतिशत, सानिमा बैंकले ६.९ प्रतिशतबाट ६.८ प्रतिशत, सिटिजन्स बैंकले ७ प्रतिशतबाट ६.९ प्रतिशत, एनएमबी बैंकले ७.८ प्रतिशतबाट ७.६९ प्रतिशत र एनआइसी एसिया बैंकले ७.८ प्रतिशतबाट ७.६९ प्रतिशतमा झारेका हुन् । असारमा बैंकहरूले ७ प्रतिशतबाट ब्याजदर केही घटाउन थालेका हुन् ।

त्यस्तै, हिमालय बैंकले जेठमा ७.५ प्रतिशत ब्याजदर कायम गरेकोमा असारका लागि ब्याजदर बढाएको छ । उक्त बैंकले असारका लागि ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । त्यस्तै, माछापुच्छ्रे बैंकले ७.२६ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्‍याएको छ भने नबिल बैंकले ६.७५ प्रतिशत जेठमा कायम भएको ब्याजदर बढाएर असारमा ७ प्रतिशत पुर्‍याएको हो ।

त्यसबाहेक, अन्य ६ बैंकले जेठमै कायम भएकै ब्याजदर असारमा स्थिर राखेका छन् । कृषि विकास बैंकले ५.६६६१ प्रतिशत, नेपाल बैंकले ६.७५ प्रतिशत, इन्भेष्टमेन्ट मेगा बैंकले ७ प्रतिशत, सिद्धार्थ बैंकले ७ प्रतिशत, स्ट्यान्डर्ड चार्टड बैंकले ७ प्रतिशत र प्रभु बैंकले ७.५ प्रतिशत ब्याजदर जेठ महिनामा कायम गरेका थिए ।

ती बैंकहरूले असारमा पनि सोही ब्याजदरलाई नै स्थिर राखेका हुन् ।