अपराध

चोरीको सामानसहित एक जना पक्राउ 

By खबरहब

June 14, 2024

काठमाडौं– चोरीको सामानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको ओमबहाल घर भई हाल काठमाडौंकाे चन्द्रागिरिमा बस्ने ३६ वर्षीय सुनिल महर्जन रहेको प्रहरीले जनाएको छ ।

जेठ १८ गते डल्लुस्थित विष्णु मग्रातिकाे कोठाको ताला फोरी नगद तथा मोबाइल चोरी गरेको र पटक पटक अरु ठाउँमा पनि चोरी गरी फरार रहेको भन्ने प्रहरी वृत्त स्वयम्भूमा निवेदन दिएको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट विशेष प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा महर्जनलाई फेला पारी उनी बस्ने डेरा चेकजाँच तथा खानतलासी गर्दा सुनका गहनासहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनी माथि थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।