खेलकुद

कोपा अमेरिका : तेस्रो स्थानको लागि क्यानाडा र उरुग्वेको प्रतिस्पर्धा

By खबरहब

July 14, 2024

काठमाडौं – कोपा अमेरिका फुटबल अन्तर्गत अहिले क्यानडा र उरुग्वेको खेल जारी छ । खेलको २२ औं मिनेट हुँदा उरुग्वे र क्यानडालेले १-१ गोल गरेका छन् । खेलको आठ मिनेटमा सुरुवाती अग्रता लिएको उरुग्वेविरुद्ध २२ औं मिनेटमा गोल गर्दै क्यानडाले बराबरी गरेको हो ।

उरुग्वेका लागि आठौं मिनेटमा रोड्रिगोले गोल गरे भने क्यानडाका लागि बराबरी गोल २२ औं मिनेटमा इस्माइल कोनेले गरेका हुन् ।

सेमिफाइनलमा क्यानाडा अर्जेन्टिनासँग र उरुग्वे कोलम्बियासँग पराजित भएसँगै तेस्रो स्थानको प्रतिस्पर्धामा पुगेका हुन् ।

कोपा अमेरिकाको फाइनल भिडन्त अर्जेन्टिना र कोलम्बियाबिच सोमबार बिहान पौने ६ बजे सुरु हुनेछ ।