सुन्दरताको आफ्नो मापन हुन्छ। कुन सहर रमाइलो भन्ने व्यक्तिमा निर्भर रहने विषय हो। यसका बाबजुद केही सहर संसारको उत्कृष्ट र बस्न लायक सहरको खोजीमा छन्। उनीहरूको मतमा अस्ट्रियाको भियना सबैभन्दा राम्रो र उत्कृष्ट मानिन्छ। सुन्दर, सुरक्षा र आवश्यक विषय उपलब्ध हुने अवसर लगायत कारणले भियना उत्कृष्ट मानिएको हो।
यसरी उत्कृष्ट मानिने सहरमा दोस्रो स्थानमा डेनमार्कको कोपेनहेगन रहेको छ। यस वर्षको वरीयतामा स्वीटजरल्यान्ड छैटौँ स्थानबाट तेस्रोमा उक्लिएको छ। अस्ट्रेलियाको मेलबर्न चौथो तथा क्यानडाका कागलरी र स्विस सहर जेनेभा संयुक्त पाँचौँमा छन्। भ्यान्कोभर र सिड्नी संयुक्त सातौँ स्थानमा छन्। वरीयतामा जापानको ओसका र न्युजल्यान्डको अकल्यान्ड शीर्ष १० मा छन्।
इकोनोमिक इन्टलिजेन्स युनिटले यो तयार गरेको हो। सो युनिटले दिएको अङ्कमा पश्चिम युरोपका ३० सहरलाई औसत ९२ अङ्क दिइएको छ। लगातारको विरोध प्रदर्शन र यदाकदा हुने हिंसाका घटनाले तीन सहरको अङ्क र वरीयता घटेका हुन्।
अमेरिकी सहरमा होनाललु हवाइ सहर सबै भन्दा माथि २३ औं स्थानमा छ। एटलान्टा जर्जिया पनि गत वर्षको भन्दा चार स्थानमाथि सुधार गर्दै २९ औं स्थानमा रहेको छ। लस एन्जलस ५८ औं स्थानमा तथा न्युयोर्क ७० औं स्थानमा छन्।
उत्तर अमेरिकाले सबै भन्दा धेरै अङ्क शिक्षाका लागि पाएको छ। तथापि घरेलु सामग्रीको सहज उपलब्ध हुने कारणले अहिले सो क्षेत्र प्रभावित भएको छ। क्यानडाका धेरै स्थानमा घरेलु सामग्रीको अभाव पनि देखिएको छ। यसले पनि सो अङ्कलाई धेरै असर गरेको छ। यो अवस्था अस्ट्रेलिया र क्यानडामा पनि हो। जहाँ भाडामा सामान सम्भावना कम हुँदै जानुको साथै बजार मूल्य बढेको छ।
त्यहाँ ब्याजदर बढेसँगै महँगी पनि बढेको छ। भ्यानकभर यसै कारणपछि परे पनि शीर्ष १० मा यथावत छ। टोरन्टो यो वर्ष शीर्ष १० बाट हटेर १२ औं स्थानमा झरेको छ। संसारको सबै भन्दा बस्न लायक सहरको तालिकामा बेलायतको लन्डन ४५ औं स्थानमा छ। एसियाको हकमा हङकङले सबै भन्दा सुधार गर्दै गत वर्षको ६१ औँ स्थानबाट उक्लेर यो वर्ष ५० औँ स्थानमा पुगेको छ। त्यहाँ भएको स्वास्थ्य क्षेत्रको सुधारको यो स्थानमा पुगेको जनाइएको छ।
यो वर्ष संयुक्त अरब इमिरेट्सका देशमा पनि व्यापक फड्को मारिएको छ। दुबई र अबुधावी दुवै देशमाथि उठेका छन्। साउदी अरेबियाको रियाद, जेहाद र अल खोबार तीन सहरले पनि गत वर्षको भन्दा माथिल्लो स्थानमा उक्लेका छन्। इजरायलको तेल अभिभ २० स्थान तल झरेर ११२ औं स्थानमा पुगेको छ।
इआइुको निमित्त उद्योग निर्देशक वंशाली भट्टाचार्य संसारमै गत वर्ष भन्दा यस वर्ष धेरै सहर बस्न लायक आधार तयार भएको देखियो। तथापि स्थायित्व भने धेरै सहरमा देखिएको छैन।
उच्च ब्याजदरका कारण उत्पन्न हुने उच्च मुद्रास्फीतिको समस्या र धेरै देशमा हुने गरेका लगातारको विरोध प्रदर्शनका कारण यसमा असर गरेको छ। सिरियाको डमासकस यो वर्ष भन्दा संसारको सबै भन्दा बस्नका लागि अनुपयुक्त सहरको रूपमा ठहर भएको छ। डिबियाको ट्रिपोली, अल्जेरियाको अल्जर्स र नाइजेरियाको लागोस त्यस भन्दा माथिल्लो स्थानमा छन्।
नागरिक अशान्ति, गरिबी, जीवन यापनमा समस्या तथा अशान्ति ती चार सहरका विशेषता बने। दिनहुँको विरोध प्रदर्शन ती प्रदर्शनमा सरकारको दमन लगायत विषयले सहरको छवि संसारमा नै घटेको छ।
भियनाकै हकमा केही विशेषता छन्। सहरको हरेक कुनामा पुग्नका सार्वजनिक यातायात सहजै पाइन्छ। दिनभरको काम सकेर साँझ घर फर्कने वातावरण। रात्रि रेल सेवा लगायत सुविधाले भियनाको विशेषता बढाएको छ। त्यहाँ धाराबाट नै स्वच्छ पिउने पानी आउँछ। पानी खरिद गरेरै लिनु पर्ने अवस्था छैन। धाराबाट आउने पानी नै पहाडी स्प्रिङ वाटर हो। त्यहाँको संविधानले नै नागरिकलाई पानीको वितरणको बारे व्याख्या गरिएको छ। पिउने पानीलाई यसरी प्राथमिकता दिने अस्ट्रिया संसारको एक्लो देश हो। यो देशको वातावरण पनि यत्ति धेरै छकी सहर नै हरित क्रान्तिको असर सर्वत्र देखिन्छ।
सहरमा पार्क बनेका छन्। प्राटर्क पार्क, डोनाउ आयुन राष्ट्रिय पार्क र लोबाउले सहरको सुन्दरतामा अझ धेरै विशेषता थपिएका छन्। भियनामा प्रत्येक दिन औद्योगिक विकास भइरहेको छ। नयाँ खालको संरचना बनी रहेका छन्। यी संरचनाका कारण कामदारको माग पनि त्यत्तिकै भएको छ। सन् २०२२ मा भियना संसारको खुसी सहरको ११ औं वरीयतामा थिए । भियनाको जीवनमा कफी संस्कृतिको प्रभाव छ।
अतिथि सत्कारदेखि हरेक स्थानमा कफीको उपयोग अत्यधिक हुने गरेको छ। हाइकिङ ट्रेलदेखि भिजीटेबल प्याराडइजसम्म धेरै अभ्यासका स्थान भियनामा छन्। त्यहाँ शृङ्खलावद्ध एडभान्चर पार्क बनेका छन्। २० लाख मानिसको बसोबास रहेको भियना अत्यधिक कृषि क्षेत्रसँग सम्बन्धित स्थान हो। काँक्रोको लागि प्रख्यात भियना खाद्यान्नका लागि उपयुक्त स्थान हो।
भियना सहरलाई संसारको राम्रो सहरको रूपमा लिइने गरिन्छ। सुन्दर, शान्त र हराभरा भियना साँच्चै संसारको एउटा अनुपम सहर भएको धेरैको मत छ। फोहोर व्यवस्थापनमा भियना अलि सही र सहज छ।
भियना शिक्षामा पनि अग्रणी छ। ९ सामान्य विश्वविद्यालय, ८ वटा एप्लाइड साइन्स तथा ६ निजी विश्वविद्यालय भएको भियना बर्तिनपछि जर्मन भाषी सहर मध्ये शिक्षाको विकासमा सबैभन्दा अगाडि मानिन्छ।
उत्कृष्ट कन्फरेन्स सेन्टर भएको भियना कलामा पनि अग्रणी छ। सो सहरमा वर्षको १५ हजार कन्सर्ट हुने गरेको छ। यसका लागि १०० भन्दा स्टेज सहरमा तयार छन्। यो सुन्दर सहर भियना अस्ट्रियाको राजधानी हो। धेरै परिचित र नाम चलेको त होइन। तथापि बस्न लायक सहरको हरेक सुचांकमा भियना स्वभाविक अग्रणी छ। स्रोत: सिएनएन, वियेन, युरोन्यूज