रोल्स रोयसले भारतलाई एमटी ३० टर्बाइन उपलब्ध गराउने

By खबरहब

July 14, 2024

काठमाडौँ– बेलायती मोटर निर्माता कम्पनी रोल्स रोयसले भारतीय नौसेनाका लागि आफ्नो ग्यास टर्बाइन उपलब्ध गराउने भएको छ ।

रोल्स रोयस कम्पनीले यूके–इण्डिया इलेक्ट्रिक प्रपल्सन क्यापबेलिटी पार्टनरशिप वर्किङ ग्रुपका लागि आफ्नो एमटी ३० ग्यास टर्बाइन उपलब्ध गराउने प्रस्ताव अघि सारेको हो ।

रोल्स रोयसका व्यापार विकास एवम् भविष्य कार्यक्रमका निर्देशक लेक्स जिनोले भारतीय नौसेनाका लागि आवश्वक पर्ने एमटी ३० ग्यास टर्बाइन उपलब्ध गराउन वर्किङ ग्रुपसमक्ष आफ्नो कम्पनीले प्रस्ताव गरेको पुष्टि गरे ।

यसबाट भारतीय नौसेनाका साथै तटरक्षा बल पनि लाभान्वित हुने उनको भनाइ छ ।

इण्डियन डिफेन्स रिसर्च विङका अनुसार एमटी ३० टर्बाइन आधुनिक नौसैनिक प्रविधिमा निकै चुस्त मानिन्छ ।

रोल्स रोयसको यो प्रस्तावबाट बेलायत र भारतबीच नौसैनिक रक्षा प्रविधिमा नयाँ सहकार्यको विकास हुने अपेक्षा गरिएको छ ।