राजनीति

कोशीमा सरकार पुनर्गठन तयारी, माओवादी हटाएर कांग्रेसलाई भित्र्याइने

By खबरहब

July 14, 2024

काठमाडौं– कोशी प्रदेशमा सरकार पुनर्गठन तयारी भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा माओवादी केन्द्रलाई हटाएर कांग्रेसलाई सरकारमा ल्याउने तयारी गरेका हुन् । केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेसँगै त्यसको असर प्रदेशमासमेत परेको छ ।

हाल कोशीमा एमाले र माओवादी केन्द्र सरकारमा छन् भने नेकपा एकीकृत समाजवादी र जसपाले समर्थन जनाएका छन् ।

माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्यमा राजेन्द्र कार्की, भौतिक पूर्वाधार मन्त्रीमा गणेश उप्रेती र बन्दना झाँगर पर्यटन राज्यमन्त्री छन् ।

मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रमा मन्त्रीलाई राजीनामा दिन सन्देश पठाएको र राजीनामा नदिए बर्खास्त गर्ने भएका छन् । अर्कोतर्फ माओवादी केन्द्रका मन्त्रीहरूले केन्द्रको निर्देशन अनुसार निर्णय लिने बताएका छन् ।