काठमाडौं– निवर्तमान खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले आफ्नो कार्यकालमा धेरै सुधारका काम गर्न नसकेपछि सबै कामको जिम्मेवारी आफूले लिने बताएका छन् ।
आइतबार सिंहदरबारमा आयोजित बिदाइ कार्यक्रममा उनले राम्रा काम सबैको र नराम्रो जति कामको सबै जिम्मेवारी आफूले लिने बताएका हुन् ।
उनले आफ्नो कार्यकालमा भएका नीतिगत कुराहरू महत्त्वपूर्ण भएको जिकिर गरे । मन्त्री श्रेष्ठले खेलकुद क्षेत्रमा निकै अपेक्षा भए पनि त्यस अनुसारको काम गर्न नसकेको बताए ।
उनले खेलकुद मन्त्रालयमा काम गर्न धेरै नै पेचिलो देखिएको अनुभव सुनाए ।