समाचार

अरुण नदीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन अनुरोध

By खबरहब

August 14, 2024

संखुवासभा– संखुवासभास्थित अरुण नदीमा पानीको बहाव बढेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले फाक्सिन्दा दोभान स्थित अरूण नदिमा पानीको बहाब बढेको जनाएको छ ।

निरन्तरको वर्षाले मकालु गाउँपालिकाकाे फाक्सिन्दा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर पानी ओभरफ्लो भएर ड्याम निर्माण क्षेत्रबाट बगिरहेकाले नदी आसपासका बासिन्दाहरूलाई थप सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

यसैबीच स्थानीय प्रशासनले आफू बसोबास गर्ने आसपासका खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।