सांकेतिक तस्बिर

समाचार

सर्पले डस्दा एक बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

By खबरहब

August 14, 2024

दाङ– सर्पले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ ।

गए राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

साँपले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।