काठमाडौं– फिल्म ‘जन्ते बाख्रो’ मा आशिफ शाहको प्रवेश भएको छ । उनी फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएका हुन् ।
निर्माण पक्ष र शाहबीच कागजी सम्झौता भइसकेको छ । निर्देशक सिमोस सुनुवार रोडिजमा व्यस्त भएका कारण फिल्मको छायांकन तिहारपछि मात्रै हुने बताइएको छ ।
यसअघि फिल्म शीर्ष भूमिकामा नायक सौगात मल्ल अनुबन्ध भइसकेका छन् । नायिका लगायतका केही कलाकारका लागि निर्माण पक्षले अडिसन खुलाएको छ ।
निर्देशक सिमोसका अनुसार कलाकार छनोटको काम केही दिनमा सुरु हुनेछ । अडिसनमा सहभागी हुन करिब ४ सयले आवेदन दिएको उनको भनाइ छ ।
कमेडी जनरामा बन्ने यस फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । मुईन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्ममा सन्तोष गौतम र निर्देशक सिमोसको लगानी रहनेछ ।