राजनीति

प्रचण्डले भने- नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना

By खबरहब

August 14, 2024

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना रहेको बताएका छन् ।

संसद्‍मा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारेको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

दाहालले उनले संसारभर चल्ने युद्धहरू कि जीत कि हारमा परिणत हुने बताउँदै नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रहेको दाबी गरे ।

‘नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना हो । यदि यही शान्ति प्रक्रिया यूरोप वा पश्चिमा मुलुकमा भएको भए सायद यसको मान्यता र यसलाई स्थापित गर्ने काम ठूलो स्केलमा हुने थियो,’ उनले भने, ‘संसारभर नै चल्ने युद्ध कि त हारमा परिणत भएका छन्, कि त सम्पूर्ण रुपले जितमा । तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाका रुपमा छ ।’

शान्ति प्रक्रियामा नेपालका अनुभव निकै मौलिक रहेका उनले बताए । ‘हाम्रै गृह, हाम्रै जलवायु, हाम्रै संस्कृतिअनुकूल हुर्किएको शान्ति प्रक्रियाका रुपमा यो छ । यसमा अरु देशको नक्कल यो छैन ।’