आक्रमणपछिको उद्धार। तस्बिरः गेट्टी इमेज

अन्तर्राष्ट्रिय

हिजबुल्लाहको आक्रमणमा चार इजरायली सेनाको मृत्यु

By खबरहब

October 14, 2024

जेरुसेलम – उत्तरी इजरायलको केन्द्रमा हिजबुल्लाहले गरेको आक्रमणमा चार जना इजरायली सेना मारिनुको साथै ५० भन्दा बढी घाइते भएका छन्। गत अक्टोबरमा युद्ध सुरु भए यता इजरायलमाथि भएको यो ठुलो आक्रमण हो।

इजरायली डिफेन्स फोर्स (इडिएफ)ले जनाए अनुसार लेबनान सीमाको ४० माइल पर रहेको सैन्य शिविरमा सो आक्रमण भएको थियो। घटनामा ७ सैनिक भने गम्भीर घाइते भएका छन्।

बिहीबार इजरायलले लेबनानको विभिन्न भागमा गरेको आक्रमणका कारण २२ जनाको ज्यान जानुको साथै ११७ जना घाइते भएका थिए।

अहिले मध्यपूर्वमा अन्तर्राष्ट्रिय निकायसँग पनि इजरायलको तनाव बढी रहेको छ। युनिफिलका ५ जना घाइते भएपछि लेबनानमा रहेको राष्ट्र सङ्घीय पिस किपिङ कोर्सले पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनान छाड्न भनेको हो।

शान्ति मिसनमा ४० देशका सेना कार्यरत छन्। लेबनानमा प्रवेश गरेको दुई वटा ट्याङ्क भने आइतबार साँझ नै इजरायलमा फर्केको छ। इजरायलले हिजबुल्लाहलाई फेरि दक्षिणी लेबनानको गाउँमा आउन नदिने बताएको छ। यसैबिच आइतबार गाजामा इजरायलले गरेको आक्रमणमा १३ बालबालिकासहित ४१ जनाको ज्यान गएको छ।

गाजाको नेसुरिइत शरणार्थी शिविरमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको थियो।

आइतबार हिजबुल्लाहका नेता हसन नरसल्लाहको भिडियो सन्देश सार्वजनिक भएको छ। सो सन्देशमा आफ्ना व्यक्ति, परिवार देश, मूल्य र मान्यताका लागि लड्न आह्वान गरिएको छ।