आर्थिक

काम खोज्दै देश छाड्ने झन् बढे

By खबरहब

October 15, 2024

काठमाडौं – गत आर्थिक वर्षको भदौको तुलनामा यो पटक वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको सङ्ख्या झन्‌ बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो अवस्था देखाएको हो ।

केन्द्रीय बैंकका अनुसार गत आर्थिक भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या क्रमशः ७४,४५५ र ३२,००४ रहेको थियो ।

यो वर्षको भदौमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६,४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४०,५८३ रहेको केन्द्रीय बैंकले सार्वजनिक मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।