खेलकुद

इटालियन सिरी ए : रोमामाथि एसी मिलानको सहज जित

By खबरहब

January 15, 2024

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । गएराति भएको खेलमा रोमालाई ३–१ गोलले हराउँदै मिलान विजयी भएको हो ।

मिलानका लागि यासिन अदली, थियो हर्नान्डेज र ओलिभर गिरोडले एक–एक गोल गरेका थिए । रोमका लिआन्ड्रो परेडेसले एक गोल फर्काएका थिए ।

मिलानका अदलीले खेलको ११औँ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५६औँ मिनेटमा हर्नान्डेज र ८४औँ मिनेटमा गिरोडले गोल गरेका थिए । रोमाका परेडेसले खोलको ६९औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

यो जितसँगै एसी मिलान २० खेलबाट ४२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानको इन्टर मिलानको ५१ अंक छ भने १९ खेल खेलेको युभेन्टसको ४६ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, पराजित भएको रोमा २९ अंकका साथ नवौँ स्थानमा छ ।