मनोरञ्जन

‘खुस्मा’मा धिरज र उपासनाको जोडी

By खबरहब

January 15, 2024

काठमाडौँ– धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने ‘खुस्मा’को औपचारिक घोषणा गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर सोमबार कमलादी गणेशस्थानमा पूजा गर्दै फिल्मका मुख्य कलाकारको नाम सार्वजनिक गरिएको हो । 

अशोक थापा मगरको निर्देशन रहने फिल्मले द्वन्द्वको पृष्ठभूमिमा रहेर कथावाचन गर्नेछ । दीपक बज्राचार्यको छायांकन रहने फिल्ममा धिरज मगर र उपासना दुवैले फरक फरक उमेर समूहको भूमिका निर्वाह गर्नेछन् ।

रुकुममा खिचिने फिल्ममा फिल्ममा बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकीको लगानी रहनेछ । फिल्ममा एस डी योगीले संगीत दिनेछन् । फिल्ममा अस्तित्व भट्टचन, खड्क बहादुर पुन, अरुण मगर लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

 दक्षिण कोरियामा सिनेमा अध्ययन गरेका अशोकले यसअघि केही लघु चलचित्रको निर्माण गरेका छन् ।