समाचार

नुवाकोटमा जुधाइयो गोरु

By खबरहब

January 15, 2024

नुवाकोट- नुवाकोटको शिवपुरी गाउँपालिकास्थित शेराबगरमा माघे सङ्क्रान्ति पर्वको अवसरमा बृहत् गोरु जुधाई कार्यक्रम आयोजना गरिएको छ ।

श्री शेराबगर विकाश समाजले शेराबगर गोरु जुधाई कार्यक्रमको आयोजना गरेको हो । जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व पनि जोडिएको छ ।

माघे सङ्क्रान्तिको उत्सवअन्तर्गत गोरु जुधाउनेएउटा परम्परा हो । गोरु जुधाइ परम्परा सय वर्षभन्दा पुरानो मानिन्छ । नुवाकोटमा गोरु जुधाउने यो पुरानो परम्परा जोगाउने र संरक्षण गर्ने क्रममा हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको छ ।

नुवाकोटका बिभिन्न स्थानका साथै रसुवा र धादिङमा पनि हरेक वर्ष माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाइको आयोजना हुन्छ ।