मनोरञ्जन

‘रंगेली’को टिजरमा अर्पण थापाको ‘ग्याङस्टर’ लुक्स

By खबरहब

January 15, 2024

काठमाडौं- चलचित्र रंगेलीको टिजर सार्वजनिक भएको छ । 

फिल्ममा दयाहाङ राई विजयको भूमिकामा देखिने टिजरले खुलाएको छ । त्यस्तै, अभिनेता अर्पण थापा भगवान दादा बनेर ‘ग्याङस्टर’ लुक्समा देखिएका छन् । 

जुनकिरीको भूमिकामा देखिएकी नायिका मिरुना मगर टिजरमा झुलुक्क देखिएकी छन् । टिजरले ‘क्राइम थ्रिल्लर’ फिल्मको झल्को दिन्छ । 

फागुन २५ बाट प्रदर्शनमा आउने यस फिल्मका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन् । त्यस्तै, फिल्ममा संसार चौलागाई र रमेश भट्टराईको लागानी रहेको छ ।