फाइल तस्वीर

समाचार

एकीकृत समाजवादीले विभिन्न देशसँग भएका सन्धि–सम्झौताको दस्तावेज माग्ने

By खबरहब

January 15, 2024

काठमाडौं- नेकपा एकीकृत समाजवादीले विभिन्न देशसँग भएका सन्धि–सम्झौताको दस्तावेज माग गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको सचिवालय बैठकले हालै नेपाल र भारतबीच भएको सहमति र सम्झौताबारे विभिन्न कोणबाट छलफल भइरहेको अवस्थामा सरकारले विभिन्न देशसँग गरेको सम्झौता सहमतिलगायतका दस्तावेज माग गरि अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सरकारमा रहेर गरेका काम कारवाहीको विवरण पार्टीलाई बुझाउन निर्देशन दिएको छ भने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउनका लागि सबैलाई एकजुट भएर लाग्न आह्वान गरिएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

बैठकले पार्टीको महाधिवेशनका सन्दर्भमा तयार गरिने मस्यौदा राजनीतिक प्रतिवेदनका सन्दर्भमा छलफल गर्न माघ ८ गते राजनीतिक मस्यौदा समितिको बैठक बस्ने निर्णय गरेको प्रवक्ता खतिवडाले बताए ।