सांकेतिक तस्बिर

देश/प्रदेश

जबरजस्ती करणी गरेको अभियोगमा रोल्पामा एक जना पक्राउ

By खबरहब

January 15, 2024

रोल्पा- ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनछहरी गाउँपालिका ६ गामखोले बस्ने ६१ वर्षीय कबिराम पुन मगर रहेको प्रहरीले जनाएको छ ।

मगरले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेलवाङ र ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।