फाइल फोटो

ब्रेकिङ स्टोरी

पेट्रोल र डिजेलको मूल्य घट्यो

By खबरहब

January 15, 2024

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो ।

नयाँ मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुने छ । सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएको थियो ।

नयाँ मूल्य सूचीअनुसार अब पेट्रोलको पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि १६५ रुपैयाँ र तेश्रो वर्गका लागि १६६ रुपैयाँ मूल्य तोकिएको छ । त्यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गको लागि प्रतिलिटर १५३.५०, दोस्रो वर्गमा १५५ र तेस्रो वर्गमा १५६ रुपैयाँ निर्धारण गरिएको छ ।