देश/प्रदेश

सरकारी अस्पताललाई  प्रभावकारी बनाउन आग्रह

By खबरहब

February 15, 2024

बारा– प्रादेशिक अस्पताल कलैयामा मिर्गौलाका बिरामीलाई उपचार गर्न ‘डायलासिस’ र नवजात शिशु उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हिजो ती दुवै सेवाको शुभारम्भ गर्दै सरकारी अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।

आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रुपमा विकास गर्ने सोच प्रदेश सरकारको रहेको उनले जानकारी दिए ।

अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौलागाईँले अस्पतालमा स्वास्थ्यकर्मीको अभाव रहेको बताए ।

अस्पतालका प्रमुख डाक्टर अजय गुप्ताले अस्पतालको सेवालाई विस्तार गर्दै जाने नीति रहेको जानकारी दिए ।