क्रिकेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नामिबियाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

By खबरहब

February 15, 2024

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा आज नेपालले नामिबियासँग खेलिरहेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

लिग–२ अन्तर्गतको पहिलो खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् ।

नेपाल र नामिबियाबीच अहिलेसम्म ६ अन्तर्राष्ट्रिय एकदिवसीय खेल भएका छन् । जसमा नेपालले दुई र नामिबियाले तीनमा जित निकालेका थिए । एक खेल भने नतिजाविहीन बनेको थियो ।

नेपालले आज अनिल शाह र आसिफ शेख दुवैलाई खेलाएको छ । नेपालको टोलीमा रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी रहेका छन् ।

यस्तै, बेन्चमा सूर्य तामाङ, देव खनाल, दीपेन्द्र सिंह ऐरी र आरिफ शेख छन् ।