खेलकुद

ललितले लिए नामिबियाको दोस्रो विकेट

By खबरहब

February 15, 2024

काठमाडौं – आईसिसी क्रिकेट विश्वकप लिग २ मा नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको दोस्रो विकेट गएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका लागि दोस्रो विकेट ललितराज वंशीले लिए ।

दोस्रो विकेटको रुपमा नामिबियाका ओपनर मिचेलभान लिंगन २३ रनमा आउट भए । यसअिघ पहिलो विकेटको रुपमा नामिबियाका निकोलस डेभिन १५ रनमा आउट भएका थिए । पहिलो विकेट पनि ललितले नै लिएका हुन् । नामिबिया ताजा अवस्थामा १६ ओभर खेल्दै २ विकेट गुमाएर ६२ रनमा खेलिरहेको छ।

यसअघि ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाएको थियो ।