खेलकुद

सोमपालले लिए नामिबियाको तेस्रो र चौथो विकेट

By खबरहब

February 15, 2024

काठमाडौं – आईसिसी क्रिकेट विश्वकप लिग २ मा नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको चौथो विकेट गएको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका लागि तेस्रो र चौथो विकेट सोमपाल कामीले लिए । उनले जन फ्रिलिंकलाई ३४ र ग्रेहाड अर्समुसलाई ८ रनमा आउट गरे ।

यसअघि पहिलो र दोस्रो विकेट ललितराज वंशीले लिएका थिए । पहिलो विकेटको रुपमा नामिबियाका निकोलस डेभिन १५ रनमा आउट गराएका उनले दोस्रो विकेटको रुपमा ओपनर मिचेलभान लिंगन २३ रनमा आउट गराए ।

यसअघि ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाएको थियो ।