खेलकुद

नामिबियाले गुमायो पाँचौ विकेट

By खबरहब

February 15, 2024

काठमाडौं – आईसिसी क्रिकेट विश्वकप लिग २ मा नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको पाँचौ विकेट गएको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका लागि पाँचौ विकेट पनि सोमपाल कामीले लिए । यसअघि उनले तेस्रो र चौथो विकेट पनि लिएका थिए। यसअघि पहिलो र दोस्रो विकेट ललितराज वंशीले लिएका थिए ।

ताजा अवस्थामा नामिबिया २५ ओभरमा ५ विकेट गुमाएर ९८ रन बनाएर खेलिरहेको छ। पहिला ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ रन मात्र बनाएको थियो ।