खेलकुद

युएस ओपन तेक्वान्दोको निर्णायकमा राजु क्षेत्री

By खबरहब

February 15, 2024

काठमाडौं– नेपाली अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्रीले विश्व वरीयता जी-२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

अमेरिकाको रेनोमा शुक्रबारदेखि सुरु हुने प्रतियोगिता विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटीको संयोजनमा हुँदैछ ।

तीन दिन हुने प्रतियोगितामा ओलम्पियन तथा विश्व च्याम्पियन खेलाडीसमेत गरी दुई हजार १४० खेलाडीको सहभागिता रहनेछ ।

यसअघि क्षेत्रीले दक्षिण कोरियामा भएको विश्व वरीयता (जी–१) किम योङ कप, अमेरिकाको लास भेगासमा भएको २०२३ युएस ओपन विश्व वरीयता जी–२ र दक्षिण कोरियामा भएको २०२३ सियोङनाम ओपनमा पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए।