समाचार

कांग्रेस कार्यसमिति बैठक लम्बियो, तीन प्रस्तावमा शुक्रबार र शनिबार छलफल हुने 

By खबरहब

February 15, 2024

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक लम्बिएको छ । बिहीबार र शुक्रबार बस्ने भनिएको बैठक शनिबारसम्मका लागि लम्बिएको हो । 

बैठकमा तीन दस्ताबेजमाथि  छलफल हुने पार्टी प्रवक्ता मीन विश्वकर्माले बताए । 

यसैबीच, कांग्रेसले महासमिति बैठकमा ५६ पेजको नीति प्रस्ताव पेस गर्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेस गर्न लागिएको हो । यस्तै महासमितिमा छलफलका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रस्ताव पेस गर्नेछन् ।

महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेस गर्ने तयारी छ ।

बिहीबार पार्टी कार्यालय, सानेपामा जारी बैठकमा तीनै वटा प्रस्ताव पेस गरिएको छ । यसलाई केन्द्रीय कार्यसमिति बैठकले पास गरेर महासमितिमा छलफल गरिने छ ।

यो पनि…

कांग्रेसको कार्यसमिति बैठक लम्बियो, तीन प्रस्तावमा शुक्रबार र शनिबार छलफल