समाचार

माओवादीको विधान पास

By खबरहब

February 15, 2024

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनले पार्टीको विधान पास गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरूबाट आएको छलफललाई समेटेर विधान पास गरेका हुन् । 

मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । ती समूहबाट आएको सुझावलाई संकलन गरेर विधान पास गरिएको बताइएको छ  ।

माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलन गर्ने कार्य सम्पन्न भएपछि पदाधिकारी बैठक बसेको थियो ।

यस्तो छ विधान