फाइल फोटो

अन्तर्राष्ट्रिय

श्रीलंकाबाट फरार ४२ अपराधीलाई पक्राउ गर्न इन्टरपोलमार्फत पक्राउ पुर्जी जारी

By खबरहब

February 15, 2024

कोलम्बो– श्रीलंकाका कार्यवाहक प्रहरी महानिरीक्षक देशबन्धु तेन्नाकुनले देशबाट भागेका ४२ जना अपराधीविरुद्ध इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्न पहल गरेको बताएका छन् ।

राजधानीमा एक समारोहमा बोल्दै तेन्नाकुनले भने, ‘माथिका व्यक्तिहरू अपराधमा संलग्न छन् र लागूऔषध व्यापारमा संलग्न छन् ।’

टेन्नाकुनले इन्टरपोलको सहयोगमा विदेशमा रहेका अपराधीलाई स्वदेश फर्काउन सकिनेमा आफू विश्वस्त रहेको बताए । 

दुबईमा लुकेर बसेका श्रीलंकाको एउटा ठूलो गिरोहका एक प्रमुख सदस्य ‘पियुमा’ भनिने पियुम हस्तिकालाई बिहीबार बिहान श्रीलंका फर्काइएको उनले बताए। 

‘पियुमा’ लाई सोधपुछ गर्दा श्रीलंकामा संगठित अपराधका धेरै पक्षहरू पत्ता लाग्ने छन्’, टेन्नाकुनले भने । 

इन्टरपोलको सहयोगमा उनीहरूले शरण लिएका देशहरूबाट चाँडै नै अन्य धेरै अपराधीहरूलाई फर्काइनेछ ।