समाचार

ललितानिवास प्रकरण : तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर

By खबरहब

February 15, 2024

काठमाडौं– ललितानिवास जग्गा प्रकरणमा तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर भएका छन्।

विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार बस्न्यात, छविराज पन्तलगायतलाई दोषी ठहर गरेको हो।

बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्त समेत हुन्। बस्न्यातलगायतलाई जनही ८० लाख ४८ जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएको छ।