फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो | Khabarhub Khabarhub

फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मनिला – दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तस्थित खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

दाभाओ डे ओरोको प्रान्तीय सरकारले सामाजिक सञ्जालमा जनाए अनुसार उद्धारकर्ताहरूले हराइरहेका ३६ जना व्यक्तिहरूको खोजी गरिरहेका छन्।

गृह तथा स्थानीय सरकार विभागकी लेह अनोराले दुर्घटना भएको नगरपालिका माकोमा पत्रकार सम्मेलनमा ३२ जना घाइते भएपनि जोगिएको बताउनु भएको छ ।

पहाडबाट खसेका ढुङ्गा, माटो र रुखले पुरिएका दुईवटा बसभित्र फसेका मृतक र बेपत्ता हुनेमा खानी कम्पनीका कामदार रहेका छन् ।

विश्व जोखिम सूचकाङ्क सन् २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्रकोप हुने देशहरूको सूची अन्तर्गत पहिलो स्थानमा राखेको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ९ : ०३ बजे

महिला एसिया कप : पहिलो दिन आज नेपाल र यूएई, भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन ४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल साउन ४ गते शुक्रबार तदनुसार

आज २०८१ साल साउन ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन ४ गते शुक्रबार तदनुसार

हार्दिक र नताशाको डिभोर्स

काठमाडौं – भारतीय क्रिकेट टोलीका अलराउण्डर हार्दिक पाण्ड्याले पत्नी नताशा